Logo

एनआरएनए अमेरिकाको उपाध्यक्षमा खनालको उम्मेद्‍वारी



काठमाडौं, २ असार । गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको आगामी कार्यकालका लागि अनुप खनालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

वर्तमान कार्यसमितिका सचिव रहेका खनाल ‘युवाको बृहत सहभागीता, संस्थाको दिगो सफलता’ भन्ने नारासहित उपाध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका हुन्।

गैर आवासीय नेपालीका साझा चाँसो र सरोकारमा ठोस योजनासहित कार्यान्वयन गराउन र गैर आवासीय नेपाली संघ अमेरिकालाई थप उचाइमा पुर्याउन आफूले उम्मेदवारी दिएको उनले उद्‍घोष गरेका छन्।

उनले आफ्नो कामको मूल्याकंन गर्न समस्त अमेरिकावासी नेपालीलाई आग्रहपनि गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot