
काठमाडौं, २ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूले निर्माण गर्न लागेको समाजवादी मोर्चा गठन गर्ने कारण खुलाएका छन्।
शनिबार एक कार्यक्रममा बोल्दै उनले समजावदी मोर्चा गठन गर्नुपरेका कारणहरूबारे खुलाउँदै भने, ‘गठबन्धन मात्रै नपुगेर अहिले समाजवादी मोर्चा बनाउने अरे ! समाजवादी मोर्चा किन बनाउने भन्दा यसका दुई कारण छन्। एक एमालेसँग मुकाबला गर्ने र अर्को कांग्रेसलाई तर्साउने।’
यस्तै, उनले मोर्चामा सहभागिहुने दलहरू अहिलेपनिसँगै लिभिङ टुगेदरमा रहेको हुँदा फेरि मोर्चा किन चाहियो भन्दै प्रश्न गरेका छन्।