Logo

मन्त्री किराँतीकै आईडी नक्कली बनाइयो



काठमाडौं, २ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको नक्कली आईडी बनाएर काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहविरुद्ध पोष्ट भएको खुलासा भएको छ । आज (शनिबार) मन्त्री किराँतीले आफ्नो नक्कली आईडी बनाएर मेयर बालेनविरुद्ध अरुनै कसैले पोष्ट गरेको बताएका हुन् ।

‘बालेनले मलाई नसोधी एयरपोर्टमा विकासको काम गरेछ । चित्तबुझ्दो स्पष्टीकरण नदिए बालेनलाई उडानमा प्रतिबन्ध लगाउने छु’ मन्त्री किरातीको फोटो रहेको फेसबुक आईडीबाट पोष्ट भएको थियो ।
उक्त अभिव्यक्तिको बारेमा स्पष्टीकरण दिँदै मन्त्री किराँतीले भनेका छन्, ‘यता यस्तो खेती हुँदै रहेछ । भ्रममा नपर्नु होला, मेरो यो आईडी नक्कली बनाइएछ । बालेनजीको बारेमा मलाई थाहा भएन । स्मरण रहोसः एेन कानुनभन्दा माथि लोकतन्त्रमा कोहि हुँदैन ।’

 



प्रतिक्रिया दिनुहोस्