काठमाडौं, २ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीमा ७० वर्षे उमेर हदका कारण प्रगति गर्न अप्ठ्यारो भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उमेर हदका कारण प्रगति गर्न अपठ्यारो भएको बताएका हुन्।
उनले भने, ‘हामीलाई पनि उपयुक्त भएन। यसले प्रगति गर्न अप्ठ्यारो पार्यो। त्यसकारण हामीले हटाउने भन्यौं। यसमा फेरि हाम्रा साथीहरु किन यो ७० हटाउने कुरा भएन के? ए बाबा, चुनाव लडनुस् आउँदो महाधिवेशनमा। हुनुस् अध्यक्ष, कसलाई मन लाग्छ। उपाध्यक्ष, महासचिव हुनुस्। झन् राम्रो भयो नि त। ७० वर्ष पुगेकाले पनि पाउने भए त। राम्रै भयो त। सबैले लड्न पाउने भए।’