Logo

विदेशी लगानी भित्र्याउन सुशासन आवश्यक छः विश्वप्रकाश शर्मा



काठमाडौं, २ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा विदेशी लगानी भित्र्याउनका लागि सुशासनको आवश्यकता रहेको बताएका छन् । आज (शनिबार) डा. दिपेश घिमिरेद्वारा लिखित ‘शासन र शासक’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपालमा उपयुक्त लगानीको वातावरण नरहेको र त्यसलाई सुधार्न आवश्यक रहेको बताएका हुन् ।

‘प्रकृतिको समुन्द्रको बीचमा भइएन भनेर वर्षौदेखि दुःखमनाउ गरेर बसिरहेको कुरालाई छोडेर प्रकृतिको समुन्द्र त भएन तर प्रगतिको समु्न्द्रको बीचमा हामी जोडिने छौं । यो बेलामा हामीले उनीहरुसँग विश्वासमा रहेर लिपुलेक, लिम्पियाधुरा कालापानीजस्ता विषयको हल गरेर लगानी भित्र्याउने, त्यो भन्दा टाढाको भित्र्याउने र त्यसको वातावरण बनाउने भन्दैगर्दा पहिलो प्रश्न सुशासनको आउँछ,’– उनले भने ।

कुनै पनि देशमा सुशासन नरहेको खण्डमा विदेशी लगानी भित्रिन नसक्ने उनको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्