Logo

नेपाल-भारत सीमा विवाद भोट तान्नका लागि आकर्षक मुद्दामात्रै बन्योः पूर्वप्रधानन्यायाधीश कार्की



काठमाडौं, २ जेठ । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले सीमा विवाद नेताहरुका लागि भोृट माग्ने मुद्दा बनेको टिप्पणी गरेकी छन् । आज (शनिबार) डा. दिपेश घिमिरेद्वारा लिखित ‘शासन र शासक’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश कार्कीले भोट तान्नका लागि सीमानामा गएर झण्डा हल्लाउने र भारतीय विस्तारवाद मुर्दावाद भन्ने प्रवृत्ति बढेपनि सत्तामा रहेको बेला कुनै पनि दलले सीमा समस्या समाधानको पहल नगरेको बताएकी हुन् ।

‘अलिकति भोट तान्नु पर्यो भने र कल्चरका कुरा आएको छ भने सीमानामा झण्डा लिएर गयो अनि भारत विस्तारवाद मुर्दावाद । मिच्यो, मिच्यो भन्यो चुनाव आएपछि कुरा उठायो । मिचेको हो भने त ल्याउनु पर्यो, गर्नु त पर्यो त्यो चाहिँ नगर्ने ? जनताको भेट लिनलाई, आकर्षण गर्नलाई त्यो प्रवृत्ति आउँछ,’– उनले भनिन् ।

 



प्रतिक्रिया दिनुहोस्