काठमाडौं, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संखुवासभामा हिजो(शनिबार) राति आएको बाढीले गरेको क्षतिको बारेमा भेटेर ध्यानाकर्षण गराइएको छ।
आइतबार प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा संखुवासभाका सांसद दीपक खड्कालगायतका व्यक्तिहरूले गएराति बाढीले गरेको क्षतिका बारेमा जानकारी दिँदै ध्यानाकर्षण गराएका हुन्।
सांसद खडकाले क्षतिको निरीक्षण गरी उद्धार र राहतका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले बाढीबाट भएको जधनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।