काठमाडौं, ३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ।
संयोजक गौतम आइतबार एमाले पार्टी कार्यालयमा अध्यक्ष ओलीलाई भेटन च्यासल पुगेका हुन्।
एमालेले पार्टीमा ७० वर्षे उमेर हदबन्दी हटाएपछि संयोजक गौतम एमाले प्रवेश गर्ने वा भोलि नै घोषणा हुन लागेको समाजवादी मोर्चामा सहभागी हुनेबारे दोधारमा रहेका थिए।
अध्यक्ष ओलीसँग बार्गेनिङ्ग मिले एमालेमा फर्किने र नत्र समाजवादी मोर्चामा प्रवेश गर्ने गौतमको आन्तरिक तयारी रहेको बुझिएको छ।
file photo