Logo

भारतीय चलचित्र रोक्न आजैदेखि हलहलमा महानगरका प्रहरी (फोटोसहित)



काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिका भित्र सञ्चालन हुने हिन्दी चलचित्र रोक्न आजैदेखि नगर प्रहरी हलहलमा पुगेका छन्।

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले भोलि(सोमबार)देखि महानगर क्षेत्रभित्रका हलहरूमा कुनैपनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गर्दा महानगर प्रहरी भने आजैदेखि हलहलमा पुगेको हुन्।

नगर प्रहरीले आज नगरभित्रका हलहरूमा पुगेर भोलिदेखि हिन्दी चलचित्र नचलाउन पूर्वजानकारी दिएको बताइएको छ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद रहेकोभन्दै मेयर बालेनले ३ दिनभित्र उक्त संवाद सच्याउन अल्टिमेट दिएका थिए।

तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्