Logo

त्रिविका उपप्राध्यापक प्रेम चलाउने पक्राउ



काठमाडौं, ४ असार । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्रेको छ।

उनलाई सोमबार प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट होहल्ला गरेको भन्दै पक्राउ गरिएको बताइएको छ।

उपप्राध्यापक चलाउनले आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद् निर्णयको विरोध गरेका थिए।

उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले आक्रमण गरेका थिए।

आक्रमणपछि काठमाडौं जिल्ला अदालतमा नेविसंघका आक्रमण गर्ने कार्यक्रतामाथि मुद्दा दायर गरिएको थियो। सो मुद्दामा भोलिका लागि पेशी तोकिएको थियो।

तर, सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस्