Logo

जब संसद्‍मा सांसदले सभामुखलाई पढाए



काठमाडौं, ४ असार । सोमबारको प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद योगेन्द्र मण्डलले सभामुख देवराज घिमिरेलाई अलमलमा पारेका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसद मण्डलले सभामुख घिमिरेले शून्य समयमा आफूलाई बोल्न नदिएको भन्दै वर्णानुक्रम अनुसार ‘म’ पछि ‘र’ नभइ ‘य’ आउने बताएका थिए।

उनले भने, ‘पूरा कन्फ्युज छु सभामुख महोदय ! मैले एक कक्षामा पढेको थिएँ, मेरो गुरुले पढाउनुभएको थियो, म बाट य आउँछ र हैन ल हैन। यहाँ त मैले पढेको गलत हो कि अरूले पढेको बिर्सिए कि गलत पढेको हो? यो जवाफ चाहियो’

सांसद मण्डलले भनेको यो कुरा नबुझेपछि सभामुख घिमिरेले संसद्‍का कर्मचारीलाई बोलाएर उनले भनेको कुरा बुझेका थिए।

ततपश्चात सभामुख घिमिरेल आजको प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदको नामावलीमा मण्डलको नाम नरहेको जानकारी गराए।



प्रतिक्रिया दिनुहोस्