Logo

भारतमा तीन स्वर्णसहित २० पदक जितेर खेलाडी स्वदेश फिर्ता



काठमाडौं, ४ असार । इन्डिया ओपन इन्टरनेशनल कराते च्याम्पियनसिपबाट ३ स्वर्ण, ८ रजत पदक र ९ कास्य पदक जितेर कराते खेलाडीहरू नेपाल फर्किएका छन्।

भारतको राजधानी नयाँ दिल्लीको तालकोतारा ईन्डोर स्टुडियममा जुन १७ र १८ गते भएको इन्डिया ओपन इन्टरनेशनल कराते च्याम्पियनसिपमा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै २५ जना खेलाडीहरू दिल्ली पुगेका थिए।

नेपालको तर्फबाट १३ वर्षमुनि समूहमा आरुष सिंखडाले स्वर्ण पदक हात पारे। यस्तै, १३ वर्ष मुनिकै महिला समूहमा अनु मोक्तान र ६८ केजी तौल समूहमा डाईना ओझाले स्वर्ण पदक हात पारिन्।

नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै निभरित राज्य लक्ष्मीले १२ वर्ष मुनिको समूहमा रजत पदक, निमा तामाङ ५४ केजी तौल समूहमा रजत पदक, आयुस्मा बलामी ५९ तौल समूहमा रजत पदक, प्रशान्त रसाइली ६१ केजी तौल समूहमा रजत पदक, एलिना बिक ५० केजी तौल समूहमा रजत पदक, मीन बहादुर तामाङ ६० केजी तौल समूहमा रजत पदक, दिपेन्द्र ठाकुर ५० केजी तौल समूहमा रजत पदक, निशान मल्ल ६७ केजी तौल समूहमा रजत पदक र प्रतीक घर्ती मगरले ७५ केजी तौल समूहमा रजत पदक जित्न सफल भए।

यस्तै, आरिशा गुरुङले काता र कुमेत समूहमा गरि २ कास्य पदक जितिन्।

त्यस्तै, कुमार मानन्धर, आनन्द कामी, मेलिना मगर, सन्ध्या खनाल, युजिन राई, युनिक राना मगर र प्रम्भ बानियाँले कास्य पदक जित्न सफल भए।

प्रतियोगितामा क्याडेट/ जुनियर र सिनियर गरि २२ सय खेलाडीहरुले सहभागीता जनाएका थिए।

प्रशिक्षकमा नारायण दत्त पन्त, टिम ब्यवस्थापकमा ज्ञानेश्वर धमला(शंकर), सहब्यवस्थापकमा सृजना तामाङ, निर्णायकमा दिनेश महत र सृजना अधिकारी सहभागी थिए।

खेलाडीहरूलाई निलकण्ठ नगरपालिका नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले ट्रयाक सुट उपलब्ध गराएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot