Logo

अहिलेको बजेटले एकदुई ठाउँ मात्रै कनिका छरियो : नेता पौडेल



काठमाडौं, ४ असार । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले सरकारले ल्याएको बजेटले एकदुई ठाउँमात्रै कनिका छरेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पौडेलले सरकारले ल्याएको बजेटले एकदुई ठाउँमात्रै कनिका छरेको आरोप लगाएका हुन्।

उनले भने,‘अहिलेको बजेट एकदुई ठाउँ मात्रै कनिका छरियो। सबैतिर किन छरिएन भन्ने बहस चलिरहेको छ। बजेट कनिका छरे जस्तो छर्ने काम नै बेकार हो। निश्चित योजना तय गर्ने र त्यो योजनालाई कुनै पनि हालतमा पूरा गर्नुपर्छ। नयाँ योजना नआउने हो भने पुराना योजना सबै सक्नेगरी बजेट विनियोजन गर्नुपर्ने थियो। सरकारले ल्याएको बजेटमा एकरुपता देखिएको छैन। सरकारले पूँजीगत खर्च कम भएको थाहा भएको भए त्यही अनुसारका योजना बनाउन सक्नुपर्ने थियो। सरकारसँग पैसा कम भएकाले नयाँ योजना ल्याउन सक्ने स्थिति छैन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot