Logo

नेपालमा इन्डियन रेल आउँछ भने चाइनिज रेलपनि आओस् : सांसद पन्त



काठमाडौं, ४ असार । नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपालमा इन्डियन रेल आउँछ भने चाइनिज रेलपनि ल्याउन आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले नेपालमा इन्डियन रेल आउँछ भने चाइनिज रेलपनि ल्याउन आग्रह गरेका हुन्।

उनले भने,‘१० हजार मेगावाट जलविद्युत भारतलाई बेच्ने भनेका छौं। देशभित्र विद्युत पुर्‍याउन सकेका छैनौं। चाइनासँगको कनेक्टिभिटिको बाटो खोल्नुहोस्,रेल ल्याउनुहोस्। नेपालमा इन्डियन रेल आउँछ भने चाइनिज रेलपनि आओस् न, के बिग्रियो र? इण्डियामा विद्युत बेच्छौं भने चीनमा पनि विद्युत बेचौं न त्यसले त झन् नेपालको राष्ट्रिय स्वार्थ झन् बलियो बनाउँछ। प्रधानमन्त्रीको भारत भ्रमणपछि नेपालको परराष्ट्र नीति डिरेल भएको जस्तो लाग्यो। बाटो बिराउन खोजेको जस्तो देखियो।’



प्रतिक्रिया दिनुहोस्

Screenshot