काठमाडौं, ४ असार । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाले सम्पूर्ण वामपन्थीलाई एकतावद्ध बनाउने मोर्चा बनाउनुपर्ने बताएका छन्।
सोमबार ४ दल सम्मेलित समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रममा बोल्दै नेता खनालले समाजवादी मोर्चाले सम्पूर्ण वामपन्थीलाई एकतावद्ध बनाउने मोर्चा बनाउनुपर्ने बताएका हुन्।
उनले भने, ‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्, सम्पूर्ण वामपन्थीलाई एकतावद्ध बनाउने मोर्चा बनोस्।’
‘जबसम्म देशका क्रान्तिकारीहरु, आमूल परिर्तनकारीहरु, प्रगतिशीलहरु एकतावद्ध भएर उभिदैनौं, तबसम्म आमूल परिवर्तन हुँदैन। यो मोर्चा पहिलो पाइला मात्र हो। सिंगो देशका समस्त वामपन्थी, समाजवादी र क्रान्तिकारीलाई एकतावद्ध गर्नुपर्छ। यसलाई अझै व्यापक बनाउनुपर्नेछ र विस्तार गर्नुपर्नेछ,’ उनले भने।