Logo

मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय : रास्वपा



काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले त्रिविका उपप्राध्याक प्रेम चलाउनेलाई कुटपिट गरी मरणासन्न घाइते बनाएको र त्यसविरूद्धको मुद्दा फिर्ता लिने कहाँको न्याय हो भन्दै प्रश्न गरेका छन्।

मङ्गलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक परियारले त्रिविका उपप्राध्याक चलाउनेलाई कुटपिट गरी मरणासन्न घाइते बनाएको र त्यसविरूद्धको मुद्दा फिर्ता लिने कहाँको न्याय हो भन्दै प्रश्न गरेका छन्।

उनले भने, ‘प्रहरीले पनि भित्र जान पाउँदैन भन्ने हाम्रो शान्तिको मान्यतालाई गण्डागर्दीको शैलीमा दिनदहाडै त्यसरी कुटपिट गरेर मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो। न्याय चाहिन्छ। न्यायलाई मर्न नदिऊ।’



प्रतिक्रिया दिनुहोस्