Logo

हुलास स्टील-हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन आह्वान



काठमाडौं, ५ असार । हुलास स्टील–हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फाराम खुल्ला भएको छ।

नेपालको श्रम बजारको प्रमुख चुनौतिलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सीप कार्यक्रम अन्तर्गत नेपालको लुम्बिनी र मधेश प्रदेशमा तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फाराम खुल्न भएको हो।

उक्त कार्यक्रमले ४५ हजार नेपालीको जीविकोपार्जन उन्नत बनाउने काम गर्दै आईरहेको कम्पनीले बनाएको छ। उक्त कार्यक्रमलाई दिवाकर गोल्छा कर्परेशन अन्तर्गत हुलास स्टील उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रुपमा कार्यान्वयन गर्दै आईरहेको जनाइएको छ।

नेपाल उद्योग परिसंघ र मेक ईन नेपाल (स्वदेशी) अभियानले साझेदारी गरेका छन्। यस कार्यक्रमले १ हजार ३४८ जनालाई श्रम बजारको माग अनुरुप तालिम र रोजगार दिन लागेको हो।

तालिम सात दिनको रहने र तालिम बिरगंज महानगरपालिका-३१ बेलवा परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा दिइने बताइएको छ।

तालिम विशेष गरि स्टील/फलामका श्रमिक, महिला, अति निम्न आय भएका व्यक्ति र बिपन्न वर्गलाई लक्षित गरिएको छ। तालिममा नेपाली नागरिकता भएका र मधेश प्रदेश र लुम्बिनी प्रदेशमा स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेका सहभागी हुन सक्ने बताइएको छ। तालिम असारदेखि कार्तिकसम्म सञ्चालन गरिने बताइएको छ।

तालिमले निर्माण र निर्माण सामग्री उत्पादन गर्ने निजी क्षेत्रका कलकारखानाहरुलाई आफ्नो व्यवसायको माग अनुसारको दक्ष कामदार प्रदान गर्ने बताइएको छ।

ईच्छुक र योग्य व्यक्तिहरुले कृपया तल दिएको फाराम भर्न सक्नु हुनेछ।
https://www.jobejee.com/hulas-hipco-steel-fabrication



प्रतिक्रिया दिनुहोस्