काठमाडौं, ५ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको नेपालले आफ्नो दोस्रो खेल आज(मङ्गलबार) अमेरिकासँग खेल्दैछ।
जिम्बावेको तकछिङ्गा स्पोर्ट एकडेमीमा हुने खेलमा नेपालले टस जितेर पहिला बलिङ् गर्ने निर्णय लिएको छ।
नेपालले यसअगाडिको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग हार बेहोरेको छभने नेपाललाई यो खेल जित्नै पर्ने दबाब रहेको छ।
खेल मध्यान्ह १२:४५ बजेदेखि जिम्बावेको तकछिङ्गा स्पोर्ट एकडेमीमा हुनेछ।
नेपालसँग चिरपरिचित रहेको अमेरिका नेपालका लागि सहजै मानिएको टिम छ।
पछिल्ला ५ खेलहरूमा भने नेपाल र अमेरिकाले समान २/२ खेलमा जित हात पार्दा १ खेलमा भने समान नतिजासहित अङ्क बाँडेका थिए।
सन् २०२० फेब्रुअरी २१ मा भएको खेलमा नेपाल २६८ बल बाँकी छँदै ८ विकेटले विजयी भएको थियो।
२०२१ को सेप्टेम्बर १३ मा भएको खेलमा नेपाल ६ बल बाँकी रहँदै ५ विकेटले विजयी भएको थियो।
त्यस्तै, २०२१ कै सेप्टेम्बर १७ मा भएको खेलमा अमेरिकाले नेपाललाई १२३ बाँकी रहँदै ६ विकेटले हराएको थियो।
२०२२ कै जुन ११ मा भएको खेलमा दुवै टोलीको खेल बराबरीमा सकिँदै अंक बाँडेका थिए।
त्यस्तै, २२ कै जुन १५ मा भएको खेलमा अमेरिकाले नेपाललाई ३९ रनले हराएको थियो।