Logo

विदेशी माछा र केरा निषेध गर्ने रविको उद्घोष



काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले देशलाई विस्तारै आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताएका छन् । आज (मंगलबार) चितवनको रामनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले विदेशी वस्तु निर्यातलाई घटाउन आजकै दिनदेखि चितवनमा विदेशबाट आएको माछा र केरा निषेध गर्ने घोषणा गरेका हुन् ।

‘चितवनमा विदेशबाट आएको माछा र विदेशबाट आएको केरालाई प्रवेश निषेध गरौं । विस्तार विस्तार एक–एक सामन गर्दै हामीले आत्मनिर्भरता बढाउन पर्ने छ । देशलाई नै आत्मनिर्भर बनाउनु पर्नेछ,’– उनले भने ।
आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उनले चितवनमा ८ किलो मिटर टाढाबाट श्रमदानबाटै पानी ल्याएका छन् । उनले उक्त पानी ल्याउनु ठूलो कुरा त नभए पनि सकारात्म सन्देश भएको बताए । राजनीतिमा आएको नयाँ मान्छेलाई जनताले भोट मात्र दिएनन् श्रम पनि दिए भन्ने कुराको उदाहरण भएको उनले बताए । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्