काठमाडौं, ५ असार । सवारी कर्जा लिएर टाटाका विद्युतीय गाडी खरिद गर्न चाहनेले फाइनान्सिङ सुविधा छिटो पाउने भएका छन्। टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गाडी किन्न ३ दिनभित्रै फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको हो।
कम्पनीले टाटाको इभी नेक्सन र टिगोर किन्ने ग्राहकहरुका लागि छिटो, सरल र सहज फाइनान्सिङको सुविधा ल्याएको जनाएको छ। यस्तो सुविधा देशभरका सिप्रदीका कार्यालय तथा डिलरबाट उपलब्ध हुनेछ।
कम्पनीका अनुसार विगत २ वर्षदेखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन इभी र टिगोर इभीको ८० प्रतिशतसम्म गाडी फाइनान्सिङ अब ३ दिन भित्रै हुनेछन्।
उक्त फाइनान्सिङ नेपालभर फैलिएका विभिन्न ‘क’ वर्गका बैंकद्वारा १०.०५ प्रतिशतको न्यूनतम ब्याजदरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
टाटा मोटर्सका विद्युतीय गाडी किन्न चाहनेलाई छिटो तथा सरल फाइनान्सिङ सुविधा दिन एभरेष्ट, नबिल, एनएमबि, ग्लोबल आईएमई तथा प्रभु बैंकसँग सिप्रदीले समझदारी गरेको छ।
इभी प्रयोगकर्ताका लागि २० स्थानमा फास्ट चार्जिङ स्टेसनदेखि उच्चस्तरीय २३ स्थानमा सर्भिस सेन्टर विस्तार भइसकेको सिप्रदीले जनाएको छ।
यो वर्ष चार्जिङदेखि सर्भिस स्टेशन अझ थप्ने सँगसँगै जनशक्तिको दक्षतालाई अझै बढाएर इभी लर्निङ सेन्टर तथा ट्रेनिङ सेन्टरको पनि निर्माण गर्ने कम्पनीको योजना छ।