काठमाडौं, ५ असार । एमालेका सांसद गोकुल बास्कोटाले सरकारले वडा नभएका ठाउँहरूमा पनि बजेट छुट्याएको बताएका छन्।
मङ्गलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बास्कोटाले पनौतिमा १२ वडामात्रै भएपनि १३, १४ र १५ वडाका लागि पनि बजेट छुट्याइएको र त्यो कहाँ पर्छ त्यो भन्दै प्रश्न गरेका छन्।
उनले भने, ‘केही ओली प्रधानमन्त्री हुँदा तराईंका पालिकाहरुमा ५० करोडसम्म बजेट गएको हो। अहिले ५ करोडदेखि ३६ करोडसम्म गएको छ। नगरपालिकालाई जाने पैसा। जनसंख्या बस्छ ६३ प्रतिशत। कसरी सम्बोधन हुन्छ?’