काठमाडौं, ५ असार । सडक दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश सरकारका कानूनमन्त्रीकी पत्नीसहित २ जनाको मृत्यु भएको छ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको हो।
यस्तै, मन्त्री सिंहको अवस्था गम्भिर रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइदैछ।
मन्त्रीसहित ४ जना सवार रहेको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जानेक्रममा केदारस्युँ गाउँपालिकाको धारछडा दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
गाडि सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।