Logo

सुविधा सम्पन्न र व्यवस्थित गाउँ निर्माणमा ध्यान जाओस्ः सांसद कार्की



काठमाडौं, ५ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले अति विपन्न, लोपोन्मुख, दलित र सिमान्तकृत जनताको हितमा यो सरकारले देखिने गरी काम गरोस् भन्ने चाहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले बजेटमा उल्लेख गरिए बमोजिम उक्त क्षेत्रमा देखिने गरी विकास होस् भन्ने चाहेको बताएका हुन् ।

‘गाउँलाई सहर बनाउने होइन, गाउँलाई सुविधा सम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा पनि यो मन्त्रालय (सहरी विकास) को ध्यान जानु जरुरी छ,’– उनले भने ।

अहिले ठूला–ठूला सिटी हलको आवश्यकता नरहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्