Logo

कांग्रेस-एमालेबीच सत्ता समीकरणको सम्भावना छैनः माओवादी नेता सापकोटा



काठमाडौं, ५ असार । चार दलीय समाजवादी मोर्चा बनेपछि सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस चिँढिएको अनुमान गरिएको छ । हाल उपचारको क्रममा सिंगापुरमा रहेका कांग्रेस सभापति शेरबहादु्र देउवा नेपाल फर्किएपछि नयाँ सत्ता समीकरण बन्नसक्ने धरैले अनुमान गरेका छन् । माओवादीले एमाले र कांग्रेसलाई दवाबमा राख्नका लागि समाजवादी मोर्चाको विकल्प अपनाएको धेरैको बुझाई  छ।

यसैबीच नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुवोध’ ले एमाले–कांग्रेसबीचको नयाँ सत्ता समीकरण बन्ने सम्भावना नै नरहेको बताएका छन् । आज (मंगलबार) संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले वर्तमान सत्ता समीकरण परिवर्तन गर्न सहज नरहेको बताएका हुन् ।

‘कांग्रेस–एमालेबीच समीकरण हुन्छ भन्ने मलाई लाग्दैन । नयाँ ढंगले यो समीकरण बदल्न त्यति सजिलो वातावरण र आधार छैन । यसमा कोही तर्सिन जरुरी छैन,’– उनले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्