काठमाडौं, ६ असार । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समाजवादी मोर्चालाई लिएर टिप्पणी गरेका छन्।
मङ्गलबार ट्विट गर्दै उनले समाजवादी मोर्चालाई लिएर कृष्णलाई देवकीकै गर्भमा हुँदादेखि सिध्यान खोज्दा कृ्ष्ण आफैं सिद्धिएको टिप्पणी गरेका हुन्।
उनले लेखेका छन् :
पहिलो, नयाँ शक्ति स्थापना हुँदा निर्वाचन चिन्ह नै नदिनु! दोश्रो, अरूलाई २०% मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउनु तर हामीसंग ४०% भन्दा बढी के स र सांसद हुँदा ऐन नै मुर्छा पारेर पार्टीको मान्यता नदिनु! तेश्रो,दुइ बर्ष अघिदेखि समाजवादी केन्द्र/ मोर्चाको अवधारणा ल्याउने हामीलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गर्नु! के यो सबै आकस्मिकता हो? कृष्णलाई देवकीकै गर्भमा हुँदादेखि सिध्याउन खोज्दा कृष्ण सिद्धिए ? विचार कसैले मार्न खोज्दैमा मर्छ र?