काठमाडौं,६ असार । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैँयाले घटेर तोलामा १ लाख ११ हजार रुपैँया कायम भएको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १० हजार ४ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघको अनुसार बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ४५
रुपैँयाले घटेर १ हजार ३ सय ८५ रुपैँयामा कारोबार भइरहेको छ ।