Logo

‘रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने, अरुको वर्षौं लाग्ने ?’



काठमाडौं, ६ असार । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले नागरिकसँग न्यायोचित व्यवहार गर्न नसकेको बताएका छन् । नागरिकता नपाएर धर्नामा बसेका जन्मसिद्ध नागरिकका छोराछोरीमाथि राज्यले प्रहरी दमन गरेको उनले बताए । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अदालतमा विचाराधीन रहेको नागरिकता विधेयक छिट्टै समाधान गर्न पर्ने उनको माग छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला गरेको अदालतले अरु मुद्दा फैसला गर्न वर्षौ लागाएर राजनीति गरेको उनको आरोप छ । ‘रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने, अरुको मुद्दामा वर्षौ लाग्ने । अदालतले पनि राजनीति गरेको छ,’– उनले भने ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वयनमा नल्याउन सर्वोच्चले आदेश जारी गरेको छ । नेपालको संविधान २०७२ मा जारी भएको यति लामो समय वितिसक्दा पनि नागरिकता ऐन बन्न नसक्दा जन्मका आधारमा नेपाली नागरिकता पाएको बाबुआमाका पाँच लाखभन्दा बढी सन्तानहरु नागरिकता पाउनबाट बञ्चित छन् । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्