काठमाडौं,६ असार । काठमाडौं महानगरपालिकाकी शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् ।
महानगरका मेयर बालेन शाहको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै अर्यालले पदबाट राजीनामा दिएकी हुन् ।
महानगरको मेयरमा निर्वाचित भएपछि शैक्षिक सल्लाहकारमा नियुक्त भएकी अर्यालले सामाजिक सञ्जालबाट मेयर शाहको गतिविधिप्रति चित्त नबुझेपछि राजीनामा दिएको उल्लेख गरेकी छन् ।
पछिल्लो समया संस्थागत विद्यालयमा अनिवार्य १० प्रतिशत छात्तवृत्तिमा कडाइ गरेका बालेनले १३ हजार विद्यार्थीहरुलाई छात्तवृत्तिमा अटाएका थिए । हालै भृकुटीमण्डपमा भएको एक शैक्षिक मेलासमेत बालेनले बन्द गराएका थिए ।
बालेनको यी कार्यप्रति असन्तुष्ट रहेकी अर्यालले राजीनामा दिनुको खन्य कारण भने खुलाएकी छैनन् ।