Logo

विद्यालय कर्मचारीको आन्दोलनमा एमालेको एैक्यवद्धता



काठमाडौं, ६ असार । विद्यालय कर्मचारीहरुले आफूहरुको पारिश्रमिक बढाउनु पर्ने माग राख्दै बेला–बेलामा आन्दोलन गरिरहेका छन् । उनीहरुलाई सरकारले न्यूनतम् तबलसमेत दिन सकेको छैन । नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले विद्यालय कर्मचारीको माग तत्काल पूरा गर्न शिक्षामन्त्री अशोक राईको ध्यानाकार्षण गराएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैकठमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले विद्यालय कर्माचारीको माग तत्काल पूरा गर्न ध्यानाकार्षण गराएका हुन् ।

देशका विभिन्न विद्यालयहरुमा करिब ३५ हजार २८ विद्यालय कर्मचारीहरु लामो समयदेखि आन्दोलनरत रहेका छन् । उनीहरुले लेखापालको तलब खरिदार सोसरह र विद्यालय सहयोगीको तलब कार्यालय सहयोगीको सोसरह बनाउन माग गरिरहेका छन् । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot