Logo

आफुमाथि आक्रमण गर्नेको मुद्धा फिर्ता लिने सरकारको निर्णयप्रति उपप्राध्यापक चलाउने पुगे सर्वोच्च



काठमाडौं,६ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफुमाथि आक्रमण गरी ज्यान मार्ने उद्योग गरेकाहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।

सरकारले आफुमाथि आक्रमण गर्नेको मुद्दा गैरकानूनी ढंगले फिर्ता लिएर कानूनी शासनको धज्जी उडाएको भन्दै आज सर्वोचचमा रिट दायर गरेका हुन् ।

विश्वविद्यालय हाताभित्र आफूमाथि मरणासन्न हुनेगरी आक्रमण भएको, त्यो आक्रमणमा संलग्नहरुमाथि मुद्दा चलेको अवस्थामा सरकारले राजनीतिक संरक्षणका आधारमा आरोपितहरुलाई जोगाउन नहुने रिट निवेदनमा उनको दावी छ ।

चलाउनेले दर्ता गराएको रिटमाथि भोलिको लागि पेसी तोकिएको छ ।

समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थिए । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो ।

अदालतमा मुद्दा बिचाराधीन रहेकै अवस्थामा मन्त्रिपरिषद्ले निर्णय गर्दै आर्चायसहित ५ जनाविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

काठमाडौं जिल्ला अदालतमा मुद्दा बिचाराधीन रहेकै अवस्थामा सत्ताको दुरुपयोग गर्दै सरकारले मुद्दा फिर्ता लिएको भन्दै चलाउने सर्वोच्च पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्