Logo

कानुनका विद्यार्थीलाई संसदीय मामिलामा ईन्टर्नसीप गराउँः बद्रीप्रसाद पाण्डे



काठमाडौं, ६ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य बद्रीप्रसाद पाण्डेले कानुन पढ्दै गरेका विद्यार्थीहरुलाई ईन्टर्नसीपको रुपमा संसदीय मामिला ल्याउन पर्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कानुनमा स्नातक वा स्नातकोत्तर गरिरहेका विद्यार्थीलाई कानुन मन्त्रालय अन्तर्गतको संसदीय मामिलामा ईन्टर्नसीपको रुपमा ल्याउन सके कानुनको कोणबाट उनीहरुले सहयोग पुर्याउन सक्ने बताएका हुन् ।

‘कानुन मन्त्रालयमा संसदीय मामिला पनि छ । कानुन पढिरहेका विद्यार्थीहरु, स्नातक गर्दै गरेका विद्यार्थीहरु अथवा स्नातकोत्तर गर्दै गरेका विद्यार्थीहरुलाई ल्याएर हाम्रो संसदीय मामिलामा राखौं । उनीहरुलाई ईन्टर्नसीपको रुपमा राखिदिउँ । जसले गर्दा संसदीय मामिलालाई उनीहरुले कानुनको कोणबाट सहयोग पुर्याउन सकुन्,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot