Logo

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीशद्वय भट्टराई र रेग्मीको संयुक्त इजलासमा



काठमाडौं, ७ असार । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज पेशी तोकिएको छ । वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रपतिको कार्यालय शितल निवासलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमा आज सुनुवाई हुन लागेको हो । उक्त मुद्दाको पेशी न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।

राष्ट्रपति पौडेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । उक्त नागरिकता विधेयक प्रमाणीकररण संविधान र व्यवस्थाको विरुद्धमा भएको भन्दै उनीहरुले सर्वोच्चमा रिट निवेदन लगेका हुन् । उक्त मुद्दामा सर्वोच्चले यसघि अन्तरिम आदेश दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्