Logo

यथास्थितिमा बजेट पास गर्न नदिने कांग्रेस सांसदको चेतावनी (भिडियोसहित)



काठमाडौं, ७ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर जबराले आफूहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् ।
हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यो सरकार पूरै अवधि टिक्ने बताएका हुन् । तर, अहिले आएको बजेट संशोधन नभए पास नहुने उनको चेतावनी रहेको छ ।

‘यो बजेटमा केही न केही परिवर्तन ल्याउन पर्छ । सच्याउन पर्छ । हाम्रो नेपालमा के चलन छ भने बजेट संशोधन गर्यो भने सरकार असफल भयो भन्ने मनस्थितिबाट अब हामी मुक्त हुन आवश्यक छ । कुनै पनि चेन्ज नहुने हो भने किन यो छलफल राखेको ? पूरै बजेट उल्टोपाल्टो त पार्न भएन । तर, अत्याचार नै भएको छ भने मिलाउनु पर्छ,’– उनले भने ।

सरकारले अधा बनेको बाटोलाई छोडेर नयाँ बाटो बनाउन सूरु गरेको उनले बताए । आधा काम भएको काम पहिला पूरा गराएरमात्रै अरु नयाँ कामको थालनी हुनुपर्ने उनको भनाई छ । थयास्थितिमा बजेट पास नहुने र केही न केही संशोधन आवश्यक रहेको उनको भनाई छ । बजेट संशोधनको लागि हाम्रो संविधान, कानु्न, नियमावली कुनै पनि व्यवस्थामा बाधा नरहेको र बजेट संशोधन हुनेवित्तिकै सरकार असफल भयो भन्ने मनस्थिति त्याग्न आवश्यक रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्