Logo

कृषि क्रान्तिको अधुरो कार्यभार समाजवादी क्रान्तिलेमात्रै पूरा गर्न सक्छः महासचिव गुरुङ



काठमाडौं, ७ असार । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को आयोजनामा ३२औँ किसान संघर्ष दिवस तथा तथा ४६औँ जुगेडी किसान संघर्ष स्मृति दिवस मनाइएको छ । हिजो (बुधबार) काठमाडौंमा नेकपा (माओवादी केन्द्र) का महासचिव तथा पूर्व मन्त्री देव गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका महासचिव गुरुङले नेपालमा कृषि क्रान्ति अपुरो अवस्थामा रहेको टिप्पणी गरे । उनले नेपालको कृषि क्रान्तिको कार्यभार पूरा गर्न समाजवादी क्रान्तिबाटमात्रै सम्भव रहेको बताए ।

‘कृषि क्रान्तिको कार्यभार अझै अधुरो नै छ । कृषि क्रान्तिको कार्यभार अन्ततः समाजवादी क्रान्तिले मात्रै पूरा गर्न सक्छ, अहिलेको कृषि क्रान्तिको कार्यभार भनेको वित्तीय दलाल पुँजीवादविरुद्धको सङ्घर्ष प्रमुख रहेको छ,’– महासचिव गुरुङले भने ।

कार्यक्रम अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन महासचिव नहेन्द्र खड्का गरेका थिए ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot