काठमाडौं,७ असार । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई गफाडीको संज्ञा दिएका छन् ।
मन्त्री किराँतीले आफूले बोलेको वाचा पूरा नगरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गफाडी भनेर आलोचना गरका हुन् ।
उनले लेखेका छन्,‘सुदन किराँती पनि गफाडी रैछन् !श्रम संस्कृति पद मार्ग निर्माणको बाचा गरेका थिए पुराएनन् ! बोलेको पूरा गर्नु है ! बिरुवा रोप्न चाहिँ आउँदा हुन्छ ! वेल्कम छ ! बधाई छ जे होस् ! जय पितापूर्खा !’
मेयर साम्पाङले मन्त्री किराँतीलाई फुफ्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि आवश्यक बजेट व्यवस्थापन गर्न माग गरेका थिए । तर पर्यटनमन्त्री किराँतीले साम्पाङले माग अनुसार पर्याप्त बजेट विनियोजन नगरेको भन्दै आलोचना गरेका हुन् ।