काठमाडौं,७ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।
प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान अनुकूल नभएकाले बदरको माग गर्दै मेयर शाह अदालत गएका हुन् ।
काठमाडौं महानगरले गत ३२ जेठमा काठमाडौंको सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै काम रोकेको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबारसमेत काटेको थियो ।
महानगरको उत्त, कार्यको कानून विपरीत भएको भन्दै असार १ गते प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐन अनुसार किन करबाही नगर्ने भनेर ७ दिने स्पष्टीकरण सोधेको थियो ।
उक्त स्पष्टीकरणको सातौं दिन उच्च अदालत, पाटनमा बालेनले वारेसमार्फत रिट दायर गरेका हुन् ।