Logo

उत्कृष्ट सुरुआत गर्दै वेष्ट इण्डिजविरुद्ध नेपालले लियो दास्रो विकेट



काठमाडौं,७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा बलियो टिम वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गरिरहेको नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा जारी खेलमा वेष्ट इण्डिजले खेलको १.३ ओभरमा पहिलो विकेट गुमाएको थियो ।

पहिलो विकेटको रुपमा वेष्ट इण्डिजले ब्राङडन किङ्सलाई गुमाएको हो । उनलाई नेपालका ओपनर ब्याटस्म्यान कूशल भूर्तेलको बलबाट करण केसीले आउट गराएका थिए भने भर्खरै खेलको ४.१ ओभरमा नेपालको गुल्सन झाले वेष्ट इण्डिजको दोस्रो विकेट लिएका हुन् । झाले वेष्ट इण्डिजका जोनसन चाल्सेसलाई आउट गराएका हुन् ।

ताजा अवस्थामा वेष्ट इण्डिज ५ ओभरको खेल समाप्त हुँदा २ विकेटको क्षतिमा ९ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्