Logo

हर्क साम्पाङले नागरिक उड्डयनमन्त्री किराँतीलाई गफाडी भनेपछि….



काठमाडौं, ७ असार । धरानका मेयर हर्क साम्पाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बोलेको बाँच पूरा नगरेको बताएका छन् । उनले मन्त्री किराँतीलाई गफाडीको संज्ञासमेत दिएका छन् । मन्त्री किराँतीले श्रम संस्कृति पद मार्ग निर्माणको बाचा गरेपनि त्यो पूरा नगरेको उनको भनाई छ ।

‘सुदन किराती पनि गफाडी रैछन् । श्रम संस्कृति पद मार्ग निर्माणको वाचा गरेका थिए पुराएनन् । बोलेको पूरा गर्नु है । बिरुवा रोज चाहिँ आउँदा हुन्छ । वेल्कम छ । बधाइ छ जे होस् । जय पितापूर्खा !’ मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।

मेयर साम्पाङको असन्तुष्टिलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पनि जवाफ लेखेका छन् । उनले फुस्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणका लागि एक करोड पचास लाखको प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको भएपनि ५० लाखमात्रै विनियोजन भएको जानकारी गराएका छन् ।

‘मेयर साब नमस्कार !
फुस्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि रू( ५० लाख विनियोजन भएको जानकारी गराउँदछु । हुनत हामीले एक करोड पचास लाखको प्रस्ताव गरी अर्थ मन्त्रालय पठाएका थियौ । सायद बजेट अभावको कारण त्यस्तै हुन गयो होला । अझ मलाई त यो पदमार्गको नाम तराई मधेश एकता पदमार्ग राख्न मन थियो किनकी पूर्खाले जीवनको लागि नुन तेल ढाकर बोक्दा पसिना बगाएका थिए,’– मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्