Logo

सम्पादक सापकोटामाथि भू-माफियाद्वारा आक्रमणको प्रयासः महासंघले गर्यो कारबाहीको माग



काठमाडौं, ७ असार । स्वास्थ्य लाईभ अनलाईनका सम्पादक सुनिल सापकोटामाथि भएको आक्रमणको प्रयासलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । सम्पादक सापकोटामाथि समाचार लेखेको विषयलाई लिएर हिजो (बुधबार) हरिप्रसाद गिरीको समूहले आक्रमको प्रयास गरी अभद्र व्यवहार गरेको थियो ।

समाचारको विषयलाई लिएर पत्रकारमाथि भौतिक आक्रमणको प्रयास र दुर्व्यवहार गर्नु प्रेस स्वतन्त्रता माथिको आक्रमण भएको महासंघको ठहर छ । प्रकाशित तथा प्रसारित समाचारप्रति चित्त नबुझे प्रचलित कानुनी बाटो अवलम्बन गर्नुको साटो दुर्व्यवहार र आक्रमणमा उत्रिनु निन्दनीय रहेको महासंघले बताएको छ । महासंघले घटनाको निष्पक्ष छानविन गरी कानुनी कारवाही गर्न माग गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्