Logo

बालेनको बालहठः ‘सार्वभौमिकता र स्वाधीनताको सवालमा कानुन र अदालत मान्दिनँ’



काठमाडौं, ७ असार । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफू कानुन र अदालत मान्न तयार नहरेको बताएका छन् । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भन्ने कुराबाट नै नियत प्रष्ट भएको उनको दाबी छ ।

उक्त कुरा नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले चल्न दिनु भन्नुमा अदालत र सरकार भारतको गुलाम रहेको प्रष्ट भएको उनले टिप्पणी गरेका छन् । आफू जुनसुकै सजाय भोग्न पनि तयार रहेको बताउँदै उनले अदालतको आदेशले पनि ‘आदिपुरुष’ भारतीय फिल्म चल्न नदिने जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छनः

जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु । तर, फिल्म चल्दैन र चल्न दिइनेछैन ।



प्रतिक्रिया दिनुहोस्