Logo

बालेनलाई उच्च अदालतको झट्का,हिन्दी चलचित्रको प्रदर्शन नरोक्न अन्तरिम आदेश जारी



काठमाडौं,७ असार । उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी चलचित्रको प्रर्दशन नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

चलचित्र संघले बुधबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो ।

भारतीय चलचित्र आदिपुरुषमा समावेश गरिएको सीता भारतीय छोरी हुन् भन्ने शब्दप्रति आपत्ति जनाउँदै बालेनले काठमाडौं महानगरभित्र आदिपुरुषसहित हिन्दी फिल्म प्रर्दशनमा रोक लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्