Logo

नेकपा एसको संसदीय दलको बैठक सुरु



काठमाडौं,७ असार । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा संसद्मा छलफलको क्रममा रहेको बजो,भर्खरै घोषणा भएको समाजवादी मोर्चा र समसामयीक राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न संसदीय दलको बैठक बसिरहेको हो ।

नेकपा एसले बजेटमाथि असन्तुष्टि जनाउँदै आएको छ । नेकपा एसका उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले सार्वजनिक रुपमै बजेट संशोधन नभए विपक्षीमा भोट हाल्ने बताउँदै आइरहेका छन् । उनीमात्रै नभएर अधिकांश सांसदहरु बजेटको विषयले लिएर सन्तुष्ट छैनन् ।



प्रतिक्रिया दिनुहोस्