काठमाडौं, ७ असार । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक सिंहदरबारमा सुरू भएको छ।
पार्टीको संसदीय दलको कार्यालयमा सुरू भएको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेट र समसामायिक राजनीतिको बारेमा छलफल भइरहेको बताइएको छ।
बजेटलाई लिएर सांसदहरूले चर्को असन्तृष्टी पोखेपछि आवश्यक छलफलका लागि बैठक बोलाइएको बताइएको छ।