काठमाडौं,७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा बलियो टिम वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गरिरहेको नेपालले कमजोर बलिङ गर्दै वेष्ट इण्डिजसामु निरिह देखिएको छ ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा जारी खेलमा वेष्ट इण्डिजले कुनै समय ५३ रन बनाउँदा ३ विकेट गुमाएको थियो तर उसका लागी कप्तान साई होप र निकोलस पुरनले उत्कृष्क कमब्याक गर्दै टिमलाई खेलमा फर्काएका हुन् ।
आफ्नो टिमलाई खेलमा फर्काउनेक्रममा कप्तान होपले १०८ बलमा अनकाउट १०२ रन बनाएर खेलिरहेका छन् उनले ७ चौका र २ छक्काको मद्दतमा १०२ रनकामे शतकिय पारी खेलेका हुन् ।
त्यस्तै अर्का ब्याट्सम्यान निकोलस पुरनले ८१ बलमा ९ चौका र ४ छक्काको मद्दतमा नटआउट १०० रन बनाएर खेलिरहेका छन् ।
ताजा अवस्थामा वेष्ट इण्डिज ४० ओभरको खेल समाप्त हुँदा ३ विकेटको क्षतिमा २४१ रन बनाएर खेलिरहेको छ ।
नेपालको लागि करण केसी,गुल्सन झा र सन्दीप लामिछानेले समान एक एक विकेट लिएका छन् ।