Logo

उपप्राध्यापक चलाउनेको पक्षमा सर्वोच्चको आदेश



काठमाडौं, ७ असार । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलेको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ।

उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो।

न्यायाधीश डा. मनोज कुमार शर्माको एकल इजलासमा भएको छलफलपछि मन्त्रिपरिषद्‍को गत मंगलबारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको हो।

सर्वोच्चले प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांङ्ग बनाउनेविरुद्धको मुद्दा फिर्ता किन लिइएको हो भन्दै सरकारलाई कारण देखाउ आदेशसमेत जारी गरेको छ।

*यस अगाडि तस्बिर अन्यथा भएकाले सच्याइएको छ।



प्रतिक्रिया दिनुहोस्