Logo

वेष्ट इण्डिजविरुद्ध संघर्षशील नेपाललाई पाँचौं सफलता



काठमाडौं,७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा बलियो टिम वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गरिरहेको नेपालले कमजोर बलिङ गर्दा विसाल योगफल तयार गर्दै ब्याटिङ गरिरहेको वेष्ट इण्डिजलाई पाँचौं झट्का लागेको छ ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा जारी खेलमा वेष्ट इण्डिजले कुनै समय ५३ रन बनाउँदा ३ विकेट गुमाएको थियो तर उसका लागी कप्तान साई होप र निकोलस पुरनले उत्कृष्क कमब्याक गर्दा खेलमा फर्किएको वेष्ट इण्डिजलाई भर्खरै ५औं झट्का लागेको छ ।

भर्खरै वेष्ट इण्डिजका रोभम्यान पावेल आउट भएका हुन् उनी २९ रनमा आउट भएका हुन् उनलाई ललित राजवंशीले आउट गराएका हुन् ।

ताजा अवस्थामा वेष्ट इण्डिज ४८ ओभरको खेल समाप्त हुँदा ५ विकेटको क्षतिमा ३१७ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्