Logo

वेष्ट इण्डिजविरुद्ध नेपाललाई पहिलो झट्का,भूर्तेल ५ रनमा आउट



काठमाडौं,७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा बलियो टिम वेष्ट इण्डिजविरुद्ध जितका लागि ३४० रनको बिशाल लक्ष्य पाएको नेपाललाई सुरुआतमै पहिलो झट्का लागेको छ ।

३४० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भूर्तेललाई गुमाएको हो । ५ रन बनाएर खेलिरहेका भूर्तेललाई वेष्ट इण्डिजका अल्जरी जोसेपले आउट गराएका हुन् ।

ताजा अवस्थामा नेपाल ४ ओभरको खेल चलिरहँदा १ विकेटको क्षतिमा १८ रन बनाएर खेलिरहेको छ । file photo

 



प्रतिक्रिया दिनुहोस्