काठमाडौं,७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा बलियो टिम वेष्ट इण्डिजविरुद्ध जितका लागि ३४० रनको बिशाल लक्ष्य पाएको नेपाललाई सुरुआतमै दुई झट्का लागेको छ ।
३४० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले १.४ओभरमा पहिलो विकेटको रुपमा ओपनर कुशल भूर्तेललाई गुमाएको हो । ५ रन बनाएर खेलिरहेका भूर्तेललाई वेष्ट इण्डिजका अल्जरी जोसेपले आउट गराएका हुन् । भने भर्खरै २ रन बनाएर खेलिरहेका भीम सार्की पनि आउट भएका छन् । उनलाई जासोन होल्डरले आउट गराएका हुन् ।
ताजा अवस्थामा नेपाल ६ ओभरको खेल चलिरहँदा २ विकेटको क्षतिमा २३ रन बनाएर खेलिरहेको छ । file photo