Logo

गोरखामा भएको जीप दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्धारा दुख व्यक्त



काठमाडौं,८ असार । गोरखाको शहीद लखन गाउँपालिकामा राती भएबको जीप दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुख व्यक्त गरेका छन् ।

उनले शोक सन्देशमा भनेका छन्।‘गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–३ मा सवारी दुर्घटना हुँदा ५ जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु। दुर्घटनामा परी निधन हुनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। दुर्घटनामा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’

प्रदेश नंं ३,०१–०२३ च २४२७ नम्बरको टाटा जिप शहिद लखन गाउँपालिका–५ पोखरीडाँडाबाट शहिद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँमा विवाहको टिकाटालोका लागी जन्ती लिएर फर्कने क्रममा कोटगाउँ नजिक पात्ले खोलामा सडकबाट अन्दाजी २०० मिटर तल झरी दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो भने १२ घाइते भएका थिए ।

दुर्घटना एकै गाउँका ५ जनाको मृत्यु भएपछि आज शहीद लखन गाउँपालिकाले शोक बिदासमेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस्