Logo

अहिले हामी वैकल्पिक शक्ति छौं, ०८४ मा निर्विकल्प शक्ति बन्छौंः रास्वपा नेता ढकाल



काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले आगामी आम निर्वाचनमा आफूहरु निर्विकल्प शक्ति बन्ने दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले छ महिनामा वैकल्पिक शक्तिका रुपमा उदायको रास्वपा ०८४ को निर्वाचनमा निर्विकल्प शक्तिको रुपमा उदाउने दाबी गरेका हुन् ।

‘समाजले राजनीतिमा वैकल्पिक शक्ति चाहेको रहेछ, यो वर्ष प्रमाणित भयो । छ महिनाको बीचमा कहि कतै ढुंगा नहानी, कहीकतै रगतको एउटा थोपो नबगी यो राज्यको चौथो राजनीतिक दल बन्दै गर्दा वैकल्पिक शक्ति हैन त हामी ? यस पल्टलाई वैकल्पिक हो अब २०८४ का लागि निर्विकल्प शक्ति बन्दैछौं,’– उनले भने ।

पार्टी संरचाना नै नबनेको अवस्थामा आफूहरुले २१ सिट जितेको स्मरण गर्दै उनले अहिले पार्टीको संरचना पालिका स्तरमा समेत बनिसकेको र युवा पुस्ता र बौद्धिकहरुको समर्थन र बुढाबुढी बाबुआमाको आर्शिवाद रहेको उनले बताए ।

केही राजनीतिक दलहरु ०८४ साललाई सोचेर डराइरहेको र नागरिकता विरोधी शक्तिको रुपमा चिनाउन खोजेको उनले बताए । आफूहरु वैबाहिक नागरिकताको विषयमामात्रै केही समय राख्नुपर्ने आवाज उठाएको उनले बताए । अहिलेको नागरिकता विधेयकको प्रकृयागत त्रुटीको विरोध गरेको उनले बताए । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्